काठमाडौँ — जनता समाजवादीभित्रको विवादउत्कर्षमापुगेको छ । ९ महिनाअघि विभाजितभएको जसपाको यादवपक्षले सरकारमा सहभागीमन्त्रीहरुलाई फिर्ता बोलाउने र नयाँमन्त्री चयन गर्ने अधिकार उपेन्द्र यादवलाई दिएसँगै जसपाभित्रको विवादफुटको डिलमा पुगेको हो । मध्यरातिबसेको यादवपक्षको बैठकले संघिय परिषदअध्यक्ष डा. भट्टराईसहित ४ नेतालाई स्पष्टीकरण माग्ने निर्णय समेत गरेको छ ।
विगत पुसबाट सुरु भएको जनता समावादी पार्टी (जसपा)को विवादउत्कर्षमापुगेको छ ।
सोमबार राति बसेको अध्यक्षउपेन्द्र पक्षको बैठकलेसरकारमा सहभागीमन्त्रीहरुलाई फिर्ता बोलाउने र नयाँमन्त्री चयन गर्ने अधिकार उपेन्द्र यादवलाई दिएसँगै जसपामा संकट देखिएको हो । अध्यक्षयादवले वोलाएको कार्यकारिणी समिति सदस्यहरुको अनौपचारिक भेलामा ३४ मध्ये २० जनाउपस्थितथिए । बैठकमा नेताहरुबीचमन्त्री हेरफेरबारे छलफल भएको थियो ।
बैठकले डा. बाबुराम भट्टराई, कृषिमन्त्री महेन्द्र राययादव, केन्द्रीयकार्यकारिणी सदस्यगंगानारायण श्रेष्ठलगायतलाई पार्टीविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टिकरण माग्ने निर्णय गरेको बताईएको छ भने उनीहरुलाई सचेत गराउनेदेखि जिम्मेवारी खोस्नेसम्मको अधिकार अध्यक्षयादवलाई दिईएको छ ।जसले भट्टराई पक्षलाई झस्काएको छ भने यादवपक्षका नेताहरुले पनि यो निर्णयलाई भट्टराई तहलगाउनगरिएको हवाई फायरका रुपमाअथ्र्याउनथालेका छन ।
एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेसँगै जसपामापनिमन्त्री हेरफेर गर्नुपर्ने आवाज उठ्दै आएको थियो । मोहम्मदइस्तियाक राईलगायतका नेताहरूको छुट्टै भेलाले मन्त्री हेरफेर गर्न नेतृत्वलाई दबाबदिँदै आएको थियो । सोहीअनुसार अहिले यादवले यस्तो निर्णय गरेको यादवपक्षीय नेताहरुको भनाई छ ।तर अहिले नै औपचारिक निर्णय नभएको र अवकादिनमा पार्टी अनुसानविरुद्ध जानेलाई कारबाहीगर्ने अधिकार मात्रअध्यक्षयादवलाई दिएको उनीहरुको भनाई छ । भट्टराईसंग बहुमतभएकानुनी बाटो खोज्न सक्ने बताउने उनीहरु एक जनावा पुरै मन्त्रीफेर्ने कुरा आवश्यकतामाआधारित हुने बताउछन ।
जसपाका नेतामहन्तठाकुरले पार्टी फुटाएर लोसपाबनाएर बाहिरिएपछि नैभट्टराईले जसपाको नेतृत्व प्रणाली सुरुदेखि नै एकलनभई सामूहिकभएको दावीगर्दै आएकाथिए । उनको प्रस्तावलाई अध्यक्षउपेन्द्र यादवले भने वेवास्तागर्दै आएका छन । यहि कारण यादव विरुद्ध हस्ताक्षार नै संकलन गरेको भट्टराईको पक्षले आफूतर्फ बहुमतभएको भन्दै दवावदिदै आएको थियो ।
यसले पार्टीमाविवाद र गुटको सिर्जना हुँदारेणुकुमारी यादव, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु यादवपक्षमालागे । भट्टराई पक्षलेभने वरिष्ठ नेताअशोक राई, मोहम्मदइस्तियाक राई, राजकिशोर यादव र पूर्व नयाँशक्तिकाअधिकांश नेता रहेको दावीगर्दै आएको थियो । विधानको व्यवस्थाअनुसार पार्टीलाई सामूहिक नेतृत्वमै अघि बढाउने अडान लिएकोदावीगर्ने डा.भट्टराई पक्षले कार्यकारिणी परिषदको वैठकको मागगर्दै आएकाथिए ।
तर गुटको राजनीति गरेको भन्दै असन्तुष्ट बनेकायादवले पार्टीको बैठक कसैको दबावले नहुने भन्दै टारिदिएकाथिएभने असन्तुष्ट डा.भट्टराई पक्षले माघको दोस्रो हप्तासम्मलाई अल्टिमेटम दिएकाथियो । राष्ट्रिय सभाचुनावका कारण शान्त बनेको यो विवादएमसीसीकाविषयमापुन सतहमाआएको थियो । यहिवीचमाएमसीसीप्रतियादवको ढल्काई र स्थानीयतहनिर्वाचनका कारण पुन सेलाएको विवादअहिले फेरी सतहमाआएको छ ।
तर स्थानीयतहको चुनाव सकिएलगत्तै जसपाभित्रविवाद फेरि चर्केको छ। गठबन्धन प्रभावकारी नभएको र गठबन्धनकै दलका कारण हार्नु परेको लगायतकाविषय सहितचुनावी समीक्षाअझै भएको छैन भने पार्टी फुटाउन बहुमत साथमालिएर बसेका दुवै पक्ष अबवारपारको स्थितीमा पुगेका छन् ।
विवाद सम्बोधनकालागिअध्यक्षयादवले स्थानीयतहनिर्वाचनमाउम्मेद्धार छनौटका लागिअशोक राईलाई चुनावी कमाण्डर बनाइदिएकाथिए, जसले तीनै नेतामिलेको सन्देश पनिप्रवाह गरेकोथियो । तर यादवको कार्यशैलीमाथिप्रश्न उठाएको भट्टराई पक्षले असार २ मागर्ने भनिएको महाधिवेशनगर्न नसक्नुलाई पनिईस्यु बनाएर विवादचर्काएको छ भने आजित बनेको यादवपक्षपनिअवभने प्रतिक्रियात्मक रुपमा अघि बढेको छ ।


प्रतिक्रिया