काठमाडौँ — गठवन्धनकै सहारामा आगामी संसदीय निर्वाचनमाफृत पुनः प्रधानमन्त्रीको कुर्सी निश्चित गर्दै गरेका शेरबहादुर देउवालाई उनकै महामन्त्रीले चुनौती दिएका छन । यता एमाले अध्यक्ष ओली पनि पुन मुल ढोकाबाट पसेर देशको वागडोर सम्हाल्ने सपना देखिरहदाँ माओवादी अध्यक्ष प्रचण्डको पनि प्रधानमनत्री बन्ने आकंक्षा बढ्दै गएको छ । संसदीय निर्वाचनको मिति समेत घोषणा नभएको अहिलेको अवस्थामा आगामी प्रधानमन्त्रीको वहस सान्दर्भिक होला त ?
शान्तीपूर्ण राजनीतीमा आएको रापतापकै वेला प्रधानमन्त्री भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्ड पछिल्लो समय केवल सत्ता परिवर्तनको सहायक नायकका रुपमै सिमित छन । तत्कालीन प्रधानसेनापती रुक्माङ्गत कटुवालका कारण ९ महिना मै सत्ताबाहिर पुगेका उनी त्यसपछि अरुका लागि सत्ता उक्लने भर्याङ मात्र बनिरहेका छन ।
कहिले कांग्रेस कहिले एमालेलाई प्रधानमन्त्री बनाउने साधन बनेका उनलाई अहिले आएर पुन सत्ताको वागडोर सम्हाल्ने रहर जागेको छ । एकातर्फ कांग्रेस सभापती शेरबहादुर देउवाले आगामी सत्तारोहणको अहिल्यै सुनिश्चितता खोजिरहँदा अर्कातर्फ प्रचण्डका रहरका अभिव्यक्तीले बहस श्रृजना गराएको छ ।
अहिलेको सरकार नै निर्वाचन गराउने लगभग निश्चित छ । भावी प्रधानमन्त्रीको बहस भनेको चुनाव पछि आउने मत परिणाममा भर पर्दछ । तर प्रधानमन्त्रीको रहर चाहीँ ठूला नेताहरुमा पलाइसकेको छ । जबकी निर्वाचनको मिति समेत घोषणा भइसकेको छैन । कात्तिक अन्तिमतीर गर्ने गरी तयारी भएपनि सरकारले संसदीय निर्वाचनको मिति अनिश्चित नै छ । संविधानतः प्रधानमन्त्रीको उम्मेदवार चयन गर्ने जिम्मा सम्बन्धित दलको संसदीय दलको हो ।
जुन निर्वाचन पश्चात आउने नवनिर्वाचित सांसदलहरु बनाउने छन् ।तर नानी पाउनु कहिले कहिले कोक्रो बुन्नुको अवस्थामा नेताहरु देखिएका छन । गत निर्वाचनमा मत बटुल्नका लागि निर्वाचनमा आफू प्रधानमन्त्री हुने घोषणा गरेर सोहि अनुसार अघि बढेका एमाले अध्यक्ष केपी शर्मा ओली अहिले पनि मुल ढोकाबाटै सरकारमा जाने तयारीमा छन ।सातौ चोटि प्रधानमन्त्रीको भविष्यवाणीमा हिडेका देउवा यसका स्वभाविक उम्मेद्धार हुन भनेयो दौडमागगन थापा र शेखर कोईराला पनि मिसिएका छन ।
राजनीतिमा कहिले पुस्तान्तरण हुन्छ, परिवर्तन कहिले देखिने भोगिनेगरी हुन्छ भन्ने जिज्ञासामा महामन्त्री गगन थापाले आगामी प्रधानमन्त्रीका रुपमा आफूलाई नै ‘एक्स्पोज’ गरेपछि सुरु भएको चर्चाले कांग्रेसकै पदाधिकारीहरु पनि बहसमा तानिएका छन् । वहसकै क्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन जनाउँदै भोलिका दिनमा प्रस्तावक नै बन्नसक्ने उदघोष गरेपछि के आगामी निर्वाचनमा कांग्रेसले गगनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्दैछ भन्ने प्रश्न उठेको छ ।पार्टीभित्रै पनि युवाको उपस्थिती जवरजस्त बनिरहेका वेला यो स्वभाविक भएको अन्य नेताहरुले समेत बताउन थालेका छन ।
प्रधानमन्त्रीको दौडमा यसमा एमाले र कांग्रेसबाट मुख्यमन्त्री बनेका हरु पनि छन।केहि विश्लेषकहरु समेत वर्तमान नेतृत्वको यथास्थितिवादी शैलीले नागरिकका आशा मर्दै गएको अवस्थामा दोश्रो तहका नेताहरुको दाबीस्वाभाविक हुने बताउँछन् । यता विश्लेषक आनन्दराम पौडेल भने प्रचण्डको अभिव्यक्तीलाई स्वभाविक भएपनि गगनको भने हतारो भएको बताउछन ।
हुन त पार्टीमा मात्र नभएर देशकै नेतृत्वमा पुस्तान्तरणको वहस सुरु भईसकेको छ । अवको प्रधानमन्त्री भन्नासाथ टेष्टेडहरुको अनुहार मात्र आखामा आउन नहुने आकंक्षा गर्नेहरु बढिरहेको छन । समाज बदलिँदै गए पनि समाजको गतिअनुसार नेतृत्व परिवर्तन हुन नसकेको यहि बुझाईका वीच प्रधानमन्त्रीका विषयमा आएको युवा नामको बहस सकारात्मक नै हो । तर देउवा,ओली, र प्रचण्डका अघि उनीहरुको दावीको अर्थ केवल आशा जगाउने र भोट बटुल्ने मात्र बन्ने त हैन भन्ने प्रश्न समेत उब्जिएको छ ।


प्रतिक्रिया