Breaking

बाढीले विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित, सतर्कता अपनाउन आग्रह


काठमाडौँ — अविरल वर्षासँगै आएकोफ बाढीका कारण विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा १७५ परिवार विस्थापित भएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका हुन् । विराटनगर ८ मा २५ र विराटनगर २ मा २० परिवार विस्थापित भएको उनले बताए ।

कटहरी गाउँपालिका १ मा १७५ परिवार विस्थापित भएका छन् । कटहरी १ को टाइगरटोलमा ६०, हनुमान मन्दिर एरियामा ४० र नारी विकास संघ एरियाका ३० परिवार विस्थापित भएका छन् । बाढीका कारण विस्थापित भएकाहरूलाई सुरक्षित स्थानमा सारिएको श्रेष्ठले बताए । वर्षा जारी रहेकाले खोला किनारका बस्तीहरुलाइ सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।