विदेश

बलिउड अभिनेत्री आलिया भट्ट आमा बन्दै


काठमाडौँ — बलिउड अभिनेत्री आलिया भट्ट आमा बन्ने भएकी छन् । सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको घोषणा गरेकी हुन् । उनले सोमबार इन्स्टाग्राममा एउटा तस्बिर सेयर गर्दै लेखेकी छन्, हाम्रो बच्चा छिट्टै आउँदैछ ।

उक्त तस्बिरमा आलिया र रणवीर कपूर अस्पतालमा स्क्यान हेर्दै गरेको देखिन सकिन्छ । आलिया र रणबीरले अप्रिलमा विवाह गरेका थिए ।