Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

बागमती प्रदेशसभा बैठक बस्दै


काठमाडौँ – बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने छ ।

सरकारले ल्याएको बजेट विभेदकारी रहेको र सबै जिल्लालाई समानरूपमा सम्बोधन गर्न नसकेको भन्दै नेकपा एमालेले आइतबारको बैठक अवरुद्ध गरेको थियो ।

मुख्य सचेतक दीपक निरौलाले दलको तर्फबाट सम्बोधन गर्दै बजेट संशोधन नभएसम्म बैठक चल्न नदिने भन्दै अवरोध जनाएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका थिए ।

सभामुख श्रेष्ठले आर्थिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेललाई आर्थिक विनियोजन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएसँगै एमाले सांसदहरुले आ-आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए ।

बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लालाई प्राथमिकता दिई अन्य जिल्लालाई नसमेटिएको भन्दै एमालेले बजेट संशोधनको माग गरिरहेको छ ।