काठमाडौं — लोक दोहोरी गायिका दिलमाया सुनारले आत्महत्या गरेको प्रहरीले आशंका गरेको छ । तर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट दिएपछि मात्रै निर्क्यौल गर्ने प्रहरी स्रोतले जनाएको छ । नेपालटारस्थित कोठामा शनिबार पौने ११ बजे उनी मृत अवस्थामा भेटिएकी थिइन् ।
प्रहरी वृत्त, बालाजुका डीएसपी गौतम मिश्रका अनुसार कोठामा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको थियो । लगत्तै अनुसन्धानका लागि प्रहरीले सूर्य श्रेष्ठ नामक व्यक्तिलाई नियन्त्रणमा लिएको मिश्रले बताए ।


प्रतिक्रिया