काठमाडौं — पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ । आइतबार यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको हो ।
यात्रीवाहक सवारीमा ५।४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६।९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७।६८ प्रतिशतले भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।


प्रतिक्रिया