देश

खाडीबाट युवाको सहयोग, गाउँका ३ विद्यालयका विद्यार्थीलाई डेढ लाखको शैक्षिक सामाग्री


काठमाडौँ —सल्यानको शारदा नगरपालिका वडा नम्बर ४ का तीन वटा विद्यालयमा शैक्षिक सामाग्रीवितरण गरिएको छ । खाडीमा रहेका स्थानीय युवा मधुबाबु सेजवालको करिब डेढ लाख सहयोगमा कक्षा १ देखि पाँचसम्मका विद्यार्थीलाई शैक्षिक सामाग्र्री वितरण गरिएको हो ।

सेजवालले आफु जन्मेको स्थानका तीन प्राथामिक विद्यालयका सबै विद्यार्थीलाई एक दर्जन कापी र कलम सहयोग गरेका हुन् । आफ्नो सहयोगले विद्यार्थीको शैक्षिक स्तर सुध्रिन मद्दत मिल्ने उनको भनाई छ । ‘केही समयलाई भएपनि मेरो सहयोगले विद्यार्थीलाई सहज हुनेछ’ उनले भने, आगामी दिनमा पनि साना साना भाई बहिनीको शैक्षिक क्षेत्रमा सहयोग गर्नेछु ।’

शैक्षिक सामाग्री अभावकै कारण पढाईबाट बञ्चित हुने विद्यार्थीको संख्या ठूलो छ ।यस्तै विद्यार्थीलाई राहत होस् भनेर खाडी पसिना बगाएर कमाएकै पैसाले सहयोग गरेको सेजवालले बताए ।