Breaking

शेयर बजारबारे नेताको टिप्पणी: जुवाघर, सट्टाबाजी, अनुत्पादक क्षेत्रसम्म


काठमाडौँ — शेयर बजारलाई विशेष गरी मनोविज्ञानले प्रभाव पारिरहेको हुन्छ । अझ नियामक निकायका प्रमुखले दिने अभिब्यक्तीले तबजारमा अस्वभाविक गिरावट आउने गर्छ । तर, अध्यायन नगरी जिम्मेवार व्यक्तीले शेयर बजारलाई जुवाघर,सट्टाबाजी, अनुत्पादक क्षेत्र भनिदिदा अर्थतन्त्रको ऐनाको रुपमा रहेको पूँजी बजार विकास हुन सकेको छैन् । शेयर बजार बारे बेला बेला नेता देखि जनप्रतिनिधि र नियामन निकायको बजार घटाउने अभिव्यत्ती आउने गरेको छ ।

कतिपयले बुझेर यात नबुझेर टिकाटिप्पडी गर्ने गरेका छन् ।२०६५ सालमा तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले शेयर बजार जुवाघर हो भन्दा बजारमा ठुलो नकारात्मक प्रभाव परेको थियो । त्यस्तै, केहि बर्ष अघि गभर्नर समेत बनिसकेका तत्कालीन अर्थमन्त्री युवराज खतिवडा अनुत्पादक क्षेत्र भने पछि बजारमा एक प्रकारको चट्याङ् नै परेको थियो । शेयर बजारबारे नकारात्मक अभिव्यत्ती दिने क्रम अहिले पनि जारी छ । केहि दिन अघि संघिय संसदमा एक जना सांसदले पूँजी बजार बारे तल्लो स्तरको अभिव्यत्ती नै दिए । उनको बजार बुझाई अपरिपक देखिन्थ्यो ।

सांसदले त बजार बारे जानी नजानी अभिब्यत्ती दिए दिए तर केन्द्रीय बैकका गभर्नरले समेत बजारलाई प्रभाव पार्न अनेकन अभिव्यक्ती दिने गरेका छन् । सीडी रेसियो गणना विधि र ऋण लिदा ४–१२ को नीतिले लगानिकर्ताको मनोविज्ञान लुटेका गभर्नर महाप्रसाद अधिकारीले फेरी दन्कीएको आगोमा तेल थप्ने गरि अभिब्यत्ती दिएका छन् । शेयर बजार घट्नु आँफैमा ठुलो कुरा होइन । शेयर बजार घट÷बढ हुन्छ नै । तर अत्याधिक घट्नुले पनि मुलुकलाई फाइदा गर्दैन ।

अत्याधिक र तीव्र गतिमा घटेको शेयर बजारले मुलुकको अवस्था ठिक छैन भन्ने जनाउ दिन्छ । जसलाई मुलुक हाक्नेहरुले आर्थिक सङ्कटको संकेतका रुपमा लिने गर्छन् । यस्तो संकेतलाई जुन सरकारले बुझ्छ, उसले पहिले नै होसियारी अपनाउन सुरु गरी हाल्छ । तर नेपालमा बजार घट्ने गरि अभिव्यत्ती दिननेताहरु नै उद्यत देखिन्छन् । यति बेला सबैभन्दा छिटो र सबैभन्दा बढी सूचकमा प्रभाव परेको मुलुक नेपाल हो । तर नेपालको शेयर बजारको सूचकमा परेको प्रभावलाई सामान्य रुपमा लिइएको छ ।

सूचकमा बढ्दै गएको प्रभावलाई सामान्य रूपमा लिनु नै मुलुक आर्थिक दलदलबाट चाँडै निस्कदैन भन्ने संकेत हो । थप भासिँदै जानेमा कुनै दुबिधा देखिँदैन । किनकि लगातार शेयर बजार घट्दै जाँदा सम्पत्तिको क्षयीकरण हुन्छ । सम्पत्तिको दैनिक क्षयीकरणले उपभोगमा असर गर्छ ।

उपभोगमा असर गरे माग घट्छ । उत्पादन, निर्माण र सेवा तीनै क्षेत्रमा घट्ने मागले आर्थिक ग्रोथलाइ प्रेसर पार्छ । तर यति गम्भीर विषयलाई शेयर बजार घटेको एकल बिषय मात्र नीति निर्माताले विश्लेषण गरिरहेका छन् । त्यसले पार्ने प्रभावको विषयमा भने कहीँ कतै कोही गम्भीर भएको देखिँदैन ।