Breaking

पूर्वाधारलगायत कर तत्कालका लागि नलिन सरकारसँग शेखर कोइरालाको माग


काठमाडौँ — पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्वाधारलगायत कर तत्कालका लागि नलिन सरकारसँग आग्रह गरेका छन् । जनतालाई महँगीका बेला सरकारले राहत दिनुपर्ने उनको भनाइ छ ।

‘जनतालाई महंगीको चपेटावाट बचाउन र आर्थिक गतिविधि गतिशील बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने कर घटाउनुपर्छ उनले आज ट्वीट गर्दै भनेका छन् । उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य नघट्दासम्म पूर्वाधारलगायत विभिन्न शीर्षकका कर नलिन सरकारसँग आग्रह गरेका छन् ।