Breaking

विदेशीसामु कम्युनिस्ट पार्टी लम्पसार पर्दैन: अध्यक्ष नेपाल


काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुनै पनि कम्युनिस्ट पार्टी विदेशी सामु लम्पसार पर्न नसक्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीलाई सही नीतिमा अघि बढाउनु अहिलेको प्रमुख चुनौती रहेको पनि बताए ।

पार्टी बलियो छ भने पार्टी सहि नीतिमा अघि बढेको छ भने सबै खालका चुनौतीको सामना गर्न सकिन्छ’, अध्यक्ष नेपालले भने, ‘हामी राष्ट्र र राष्ट्रप्रतिको समर्पण भावबाट विचलित हुन सक्दैनौ ।’ उनले कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनले देशभक्तिलाई महत्व दिने भन्दै विदेशी सामु लम्पसार पर्न नसक्ने दावी गरे । ‘कम्युनिस्ट पार्टीले देशभक्तिलाई महत्व दिन्छ, विदेशी सामु लम्पसार पर्दैन । विदेशीका सामु घुँडा पनि टेक्दैन, त्यस्तो पार्टी हामीले बनाउन खोजेका हौ’, अध्यक्ष नेपालको भनाइ छ ।