काठमाडौँ – सात दशकको इतिहासमा टुटफुटको लामो श्रृङ्खला बेहोरेका नेपालका कम्युनिष्टहरु ६० प्रतिशत मत भए पनि सत्ताको नेतृत्वमा विरलै पुगेका छन् । यहि समस्यालाई समाधान गर्ने भन्दै वाम एकताको वहस गर्नेहरु भने उल्टै कारबाहीमा पर्ने गरेका छन । एक रिपोर्ट
भाई फुटे गवार लुटे यो नेपाली उखान कसैलाई धेरै उपयुक्त हुन्छ भने नेपाल कम्युनिष्ट पार्टीहरुका लागि हुन्छ । स्थानीय तह निर्वाचनले समेत यसलाई प्रष्ट पारेको छ । फुटका कारण एमाले साईजमा आएको छ भने फुटेर गएकाहरुले पनि अपेक्षित लाभ लिन सकेका छैनन् । राष्ट्रिय राजनीतिका सवालमा त कम्युनिष्ट फुटकै कारण कांग्रेसले अनपेक्षित लाभ लिईरहेको छ । फलत : पुन वाम एकताको वहस चुलिएको छ । जसमा एमालेका दोश्रो तहका नेताहरु लागि परेका छन भने माओवादीका नेताहरु समेत यसमा सकारात्मक देखिएका छन । कम्युनिष्ट पार्टीहरू विभाजन हुँदा कांग्रेसलाई त्यसको लाभ मिलेको बताउने उनीहरुले केपी ओली र प्रचण्डबीचको गोप्य सम्झौताका कारण जुटिसकेको कम्युनिष्ट आन्दोलन फेरि विभाजनको सिकार बनेको बताउन थालेका छन ।
एकीकृत समाजवादीका नेता तथा माओवादीका नेताहरु पनि वाम एकताको पक्षमा वोल्न थालेका छन भने एमाले नेताहरुसंग भेटघाट पनि बढेको छ । जुन आम कार्यकर्ताको पनि भावना भएपनि शिर्ष नेताहको अहंकारका कारण यो तत्काल सम्भव नभएको उनीहरु बताउने गरेका छन । विचार, कार्यदिशामा भिन्नता नभए पनि एकताको प्रयास गर्ने मान्छेहरुको खाँचो रहेको उनीहरुको भनार्र्ई छ ।
तर एमाले अध्यक्ष ओली तथा उनी निकट नेताहरु भने अझै पनि आफू वाहेकका कम्युनिष्टलाई कम्युनिष्ट मान्न समेत तयार छैनन् । आफ्नो हारको कारण फुट नभई अन्र्तघात भएको बताउने उनीहरु सत्ता गठबन्धनले धाधली गरेर चुनाव जितेको आरोपमै आत्मसन्तुष्टि लिईरहेका छन । साथै फरक मत राख्नेहरुलाई कारबाहीको तयारीमै एमाले नेताहरु व्यस्त देखिएका छन् ।
हुन त एमालेलाई आफ्नो हार स्वीकार्न नै अझै गाह्रो परिरहेको छ । हारको समिक्षा गर्ने भन्दा आलोचना गर्नेलाई हटाउने उल्टो बाटोमा उ देखिएको छ । जसले कम्युनिष्टहरुको अधोगतीको यात्रा तत्काल रोकिने सम्भावना देखिँदैन । यसै सन्दर्भमा योहो टेलिभिजनको कार्यक्रम सत्य संवादमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग गरिएको कुराकानी :


प्रतिक्रिया