काठमाडौँ — नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्क्षेलाई पत्नीशोक परेको छ । बिजुक्क्षेकी पत्नी शोभा प्रधानको बुधबार दिउँसो उपचारको क्रममा हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको उक्त पार्टीका नेता एवं भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले जानकारी दिए ।
६२ वर्षीया शोभा क्यान्सरबाट पीडित थिइन् । उनको र नारायणमानको २०४० सालमा विवाह भएको थियो । प्रजापतिका अनुसार शोभा शिक्षकबाट अवकाश भएकी थिइन् भने उनी नेमकिपाको नेपाल क्रान्तिकारी महिला संघको सदस्य थिइन् । शोभा र नारायणमानका दुई छोरा छन् ।


प्रतिक्रिया