देश

लहान मेयरको घोषण, दलित उत्कृष्ट १० जना विद्यार्थीलाई काठमाडौं पढाउने


काठमाडौँ — लहान नगरपालिकाले बिपन्न सामुदायका ४० घरधुरी भएको ठाउँमा बिहान र बेलुका दुई टाईम बिपन्न वर्गका बालबालिकाको लागि टयुसन संचालन गर्ने भएको छ ।

दलित, गरिव र विपन्न परिवारका लागि १०० वटा नमूना घर बनाउने, उनीहरुको परिवारमा गर्भवती महिलाहरुलाई प्रत्येक महिना पोष्न भत्ता, १० किलो चामल, एक किलो नुन, एक पोका तेल, एक किलो मटर बितरण गर्ने र दलित, गरिव र विपन्नहरुलाई निःशुलक स्वास्थ्य बिमा गर्ने, दलित सामुदायवाट टपटेनमा छनोट भएका दश जना बिधार्थीलाई उच्च शिक्षाका लागि काठमाडौंको सुविधा सम्पन्न स्कुलमा पढाउने ,शिक्षाको स्तर बढाउन स्कुलहरुमा थप शिक्षकको न्युक्ती गर्ने भएका हुन् ।

लहान नगरपालिका वार्ड नं ४ मा बृद्धा आश्रम संचालन गर्ने निर्णयहरु गरेको कुरा लहानका मेयर महेश प्रसाद चौधरीले बताएका छन् ।