देश

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको मौन प्रदर्शन


काठमअडौँ — पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै अनेरास्ववियुको त्रिवि जिल्ला कमिटीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा प्रदर्शन गरेको छ ।

अनेरास्ववियुले मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै मुखमा कालोपट्टि बाँधेर सांकेतिक विरोध गरेका हुन् । मूल्यवृद्धि फिर्ताको माग राख्दै प्लेकार्ड बोकेर सरकार विरुद्ध मौन आन्दोलन गरेको अनेरास्ववियु त्रिवि इन्चार्ज मदन विष्टले जानकारी दिए ।