Breaking

उपत्यकामा थप २ जनामा हैजा संक्रमण पुष्टि


काठमाडौँ – काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा थप दुई जनामा हैजा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकुले जनाएको छ ।

केही दिनअघि मात्रै काठमाडौंको बागबजारका एकै घरका दुई दिदी–बहिनीमा हैजा पुष्टि भएको थियो । बागबजारका एकै घरका २ जनामा हैजा पुष्टि, टेकुमा उपचार हुँदै पछिल्लो समय हैजा पुष्टि भएका बिरामी बागबजार क्षेत्रका होइनन् । ती बिरामी ललितपुरका भएको चिकित्सकले बताएका छन् । उनीहरुको टेकु अस्पतालमै उपचार भइरहेको छ ।

‘चार दिनअघि बागबजारका दुई बिरामीमा हैजाको संक्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि गर्मी तथा वर्षायाममा झाडापखाला, हैजासहितका पानीजन्य रोगको जोखिम धेरै हुने भएकाले पानी उमालेर वा क्लोरिन प्रयोग गरी पिउन, खानपान र सरसफाइमा ध्यान दिनसमेत आग्रह गरेको छ ।