Breaking

शंखरापुरमा टिपरको ठक्करबाट महिलाको मृत्यु


काठमाडौँ – काठमाडौँका शंखरापुरमा गएराति टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
शंकरापुर नगरपालिका-१ देउराली भञ्याङमा राति ९ बजे प्रदेश ३–०१००६ ख ३४७४ नम्बरको टिपरले ठक्कर दिँदा लीलामाई दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका- १३ फट्कशिला घर भइ शंकरापुर बस्दै आएकी दनुवारलाई सडकमा पैदल हिँड्दै गर्दा टिपरले ठक्कर दिएको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।