Breaking

आन्तरिक उडान बन्द गर्ने निर्णय फिर्ता, ११ बजेदेखि उडान सुरु


काठमाडौँ — बुधबारदेखि आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय फिर्ता लिएको छ ।

वायु सेवा सन्चालक संघले हवाई सेवा कम्पनीहरुल आज बिहान ११ बजेबाट आन्तरिक उडानहरु नियमित हुने जानकारी दिएका छन् ।
सोसँगै आफ्ना सबै उडान नियमित हुने यती एयरलाइन्सले जनाएको छ । त्यस्तै बुद्ध एयरले पनि बिहान ११ बजेदेखि उडान नियमित हुने सूचना जारी गरेको छ ।

मंगलबार वायुसेवा सञ्चालक संघले पत्रकार सम्मेलन गरेर बुधबारदेखि उडान नगर्ने घोषणा गरेको थियो । त्यसलगत्तै प्राधिकरणले पनि पत्रकार सम्मेलन गरी आफ्नो निर्णयको बचाउ गरेको थियो ।

दुवै पक्षबीच मंगलबार राति भएको वार्तामा उडान नियमित गर्ने सहमति भएको हो । गृह मन्त्रालयको समन्वयमा भएको वार्तामा प्राधिकरण र वायुसेवा सञ्चालकहरु उडान नरोक्न सहमत भएका हुन् ।

प्राधिकरणले वायुसेवा कम्पनीलाई आफ्नो बेस स्टेसनबाट उडान गर्न हवाइ कम्पनीलाई निर्देशन जारी गरेपछि तत्काल नसक्ने भन्दै उडान स्थगन गर्ने बताएका थिए ।

असार ५ गते प्रेस विज्ञप्तिमार्फत प्राधिकरणले हवाइ जहाज सञ्चालक कम्पनीले असार १३ देखि तोकिएको आधार विमानस्थलमा रात बसेर पहिलो उडान सोही विमानस्थलबाट गर्ने जानकारी गराएको थियो ।

यस्तै असार ७ अर्थात् आजैबाट हेलिकप्टर कम्पनीलाई आधार विमानस्थलमा राति राखेर पहिलो उडान सोही विमानस्थलबाट गर्ने प्राधिकरणले निर्णय गरेको थियो ।