Breaking

दल दर्ताका लागि निर्वाचन आयोग पुगे रवि लामिछाने


काठमाडौँ — सञ्चारकर्मी रवि लामिछाने दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । राष्ट्रिय सभामा आयोजित कार्यक्रममा नयाँ पार्टी घोषणा गरेका रवि कार्यक्रम लगतै निर्वाचन आयोग पुगेका हुन् ।

उनले घोषणा गरेको नयाँ पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहेको छ भने चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन् ।

घण्टी चुनाव चिन्हसहित आगामी निर्वाचनमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बाट चुनाव लड्ने तयारीका साथ उनी दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन् ।