खेलकुद

एसीसी महिला टी २० च्याम्पियनसिप : आज हङकङसँग खेल्दै नेपाल


काठमाडौँ – मलेसियामा जारी एसीसी महिला टि–२० क्रिकेट च्याम्पियनसिप अन्तर्गत नेपालले मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दै छ ।

चौथो खेलमा किनरारा ओभलमा नेपालले हङकङको सामना गर्न लागेको हो । नेपाल र हङकङबीचको खेल दिउँसो १२ बजेबाट शुरु हुनेछ ।

नेपाल हङकङलाई हराएर लगातार चौथो जित निकालेर समूह विजेता बन्ने दाउमा छ। नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

समूह बीमा रहेको नेपाल ३ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ । हङकङ २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यसअघि नेपालले भुटानलाई ५०, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गरेको थियो ।