समाचार

सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु


काठमाडौँ — सुर्खेतको लेकबेसी नगरपालिका–४, सहिदचोकमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

दुर्घटनामा ट्याक्टरमा सवार स्थानीय २९ वर्षीय यामबहादुर परियार र २८ वर्षीय दीपक बराइली घाइते भएका थिए । घाइते दुवैजनालाई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा लगिएको थियो । उपचारका क्रममा परियारको मृत्यु भएको जनाइएको छ ।

हिजो बेलुका करिब साढे ७ बजे भे२त ६६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो । ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लेकबेसीले जानकारी दिएको छ ।