Breaking

एन्फा कार्यसमितिको चुनाव सम्पन्न,कस्ले हात पार्ला एन्फाको चावी


काठमाडौँ — चार वर्षपछि एन्फा कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । नेपाली फुटबलमा नयाँ नेतृत्वका लागि आज काठमाडौँमा मतदान सम्पन्न भएको हो । विवाद र आलोचनाले गिजोलिएको नेपाली फुटबललाई सही दिशामा अगाडि बढाउने उद्देश्यका साथ ४ वर्षे कार्यकालका लागि आज एन्फाको निर्वाचन सम्पन्न भएको छ । भष्ट्राचर र अनियमितताको दलदलमा फसेको एन्फालाई त्यसबाट मुक्त गराउन २१ सदस्यीय केन्द्रिय कार्यसमितिको अबको केही बेरमा नै टुङ्गो लाग्दैछ । एन्फा चुनावका लागि एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र दुई महिलासहित १५ सदस्य गरि २१ सदस्यीय कार्यसमितिका लागि मतदान सम्पन्न भएको हो ।

बिहान ९ बजे राजधानीको एक रिसोर्टमा सम्पन्न निर्वाचनमा सुरुवाती उद्घाटन सत्र र त्यसपछि निर्वाचन प्रक्रिया अघि बढेको थियो । उम्मेदवारीको घोषणा गरेदेखि नै मत माग्नमा व्यस्त उम्मेदवारको मेहनत मतदान केन्द्रमा पनि देखियो । एन्फा मतदान केन्द्रमा उम्मेदवारहरु मतदातालाई रिझाइरहेका थिए । मतदानको अघिल्लो दिनहरु र मतदान हुने दिनसम्म आईपुग्दा सकारात्मक प्रतिक्रिया आए पनि माहोल भने केही धु्रवीकरण भएको छ । तर, पनि चुनाव स्वच्छ भएको उम्मेदावार बताउँछन् । चार वर्षपछि हुन लागेको आसन्न निर्वाचनमा मतदाताले सही व्यक्तिलाई चयन गर्नेमा उम्मेदवारहरु ढुक्क छन् । नेपाली फुटबललाई सही नेतृत्वको खाँचो भएको र त्यो नेतृत्व आफ्नो प्यानलले मात्र गर्न सक्ने शेर्पा पक्षको बुझाइ छ । आफ्नो प्यानलले ४ वर्षका लागि सबै कार्ययोजना बुनिसकेकाले जितपछि सो योजनालाई लागु गर्ने उनीहरुको उद्देश्य रहेको छ ।

स्थानीय निर्वाचनमा स्वतन्त्रतर्फबाट आएको नतीजा र आगामी प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्रमा उठ्नेको लहर चलिरहेको बेला एन्फा पनि यसबाट अछुतो रहेको छैन । विगतका दिनमा एन्फा नेतृत्वको कामबाट चित्त नबुझाउने निकै छन् । गुटबन्धी, नातावाद, कृपावादले नेपाली फुटबल झनै खस्कदो अवस्थामा पुगेको भन्दै केही गर्ने अठोटका साथ फुटबलमा पनि स्वतन्त्रबाट चुनावमा होमिएका छन् । दक्षिण एसियाभन्दा माथि उठ्न नसकेको नेपाली फुटबलले अब नयाँ कार्यसमिति पाउदैँ गर्दा उसँग चुनौती पनिप्रशस्तै छन् । चुनौतीका बीच कार्यसमितिमा चाहे जो आए पनि सबैको साझा एजेण्डा भने एन्फाको सुधार नै हुनु पर्ने छ । सबैसँग सहकार्य गरेर अघि बढेमात्र नेपाली फुटबलको विकास सम्भव छ ।