काठमाडौँ — नेपाल आयल निगमलाई ज्ञानेन्द्र शाहीले ज्ञापनपत्र बुझाएका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएको हो । निगमको कार्यालय टेकुमा पुगेर प्रवक्ता शाहीले ज्ञापनपत्र बुझाएको हो ।

मूल्य वृद्धिको कारण जनता मारमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले पेट्रोलियम पदार्थमा बढाइएको मूल्य वृद्धिको बारेमा सरकारसंग स्पष्ट कारण तथा जवाफ माग गरेका छन् ।


प्रतिक्रिया