काठमाडौँ — बहराइनले एसिसी महिला टि-२० च्याम्पियनसिपमा नेपाललाई १५ रनको सामान्य लक्ष्य दिएकोछ । किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनायो । बहराइनको ईशारा सुहुनले सर्वाधिक ६ रन बनाइन् । खेल निर्धारित समय अनुसार बिहान ८ .१५ मा सुरु हुनुपर्ने थियो । वर्षाको कारण समयमै सुरु हुन नसक्दा खेल ७९७ ओभरको मात्र हुने भएको हो ।
नेपालकी अस्मिना कमाचार्यले २ ओभरमा ३ रन खर्चेर १ विकेट लिइन् । कविता कुँवरले २ ओभरमा २ रन खर्चेर २ विकेट लिइन् । सबनम राईले २ ओभरमा ३ रन खर्चेर २ विकेट लिइन् । नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । दोस्रो खेलमा कुवेतलाई २५ रनले हराउँदै लगातार दोस्रो जित निकालेको थियो । नेपाल समूह बी मा २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । नेपाल आजको खेलमा विजयी भएमा शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुग्ने पक्का बन्नेछ ।
समूह बी मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन् । समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् । फाइनल पुग्ने दुई टोली एसिया कप महिला टि२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छन् । जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका हुनेछन् । नेपाल पनि प्रतियोगितामा उपाधिको प्रमुख दाबेदार टोली हो ।
नेपाल समूह बी मा २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । हङकङ २ खेलमा ४ अंकका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ । कुवेत २ खेलमा १ अंकका साथ तेस्रो स्थानमा छ । बहरानइ २ खेलमा १ अंकका साथ चौथो र भुटान अंक बिहीन हुँदै पुछारमा छ ।
समूह बी मा मलेसिया २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । युएई ४ खेलमा ३ अंकका साथ दोस्रो स्थानमा छ । कतार २ अंकका साथ तेस्रो, ओमान १ अंकका साथ चौथो र सिंगापुर अंक बिहीन हुँदै पुछारमा छन् ।


प्रतिक्रिया