काठमाडौँ — ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर ३ काँडेमा पहिरो जाँदा १ घर पूर्णरुपमा पुरिएको छ भने २ घर जोखिममा रहेका छन् । ल्हाक्पा शेर्पाको घर पूणरुपमा पुरिएको छ भने मिङमा शेर्पा र दावा शेर्पाको घर जोखिममा रहेको छ । शनिवार रातिको वर्षाका कारण पहिरोको जोखिम बढेको स्थानीय मिङमा शेर्पा (लामाले) जानकारी दिए ।

पहिरो गएको २ दिन बितिसक्दा पनि जनप्रतिनिधि अवलोकनमा नआएपछि स्थानीय आक्रोशित भएका छन् । मिक्वाखोला गाँउपालिकाको अध्यक्षमा नेपाली काङग्रेसका भक्तबहादुर कार्की र वडा नम्बर ३ को वडा अध्यक्ष नेकपा एमालेका मचिन्द्र लिम्बु निर्वाचित भएका छन् । निर्वाचनको बेला ठूला आश्वासन दिएकाहरू निर्वाचित भएपछि स्थलगत अवलोकनमा पनि नआएको स्थानीयको गुनासो छ ।

यता, पहिरो पीडितलाई सहयोग गर्न मिक्वाखोला शेर्पा युवा क्लवका अध्यक्ष ग्याम्जु शेर्पाको नेतृत्वमा सहयोग उठाउने भएको छ । ग्याम्जु शेर्पाले योहो खवरसँग भने ‘देश तथा विदेशमा बस्नु हुने नेपालीलाई सहयोगको अपेक्षा गरेका छौँ । आशा छ, उहाँहरूले हामीलाई सहयोग गर्नु हुने छ । हाम्रो दुःखलाई यहाँहरूले बुुझ्नु हुने छ भन्ने आशा लिएका छौँ ।



प्रतिक्रिया