काठमाडौँ — संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि सत्तापक्ष र प्रतिपक्षका सांसदबीच चर्काचर्की परेको छ ।प्रधानमन्त्रीको अनुपस्थिति लोकतन्त्र र संसदीय प्रणाली प्रतिकुल भएको भन्दै सांसदहरुले प्रश्न उठाएपछि विवाद भएको हो । झण्डै हप्तादिन पुग्न लाग्यो प्रधानमन्त्री शेरबहादुर देउवादेशमै नभएजस्तो सुन्यताको अवस्था छ ।तर उनी छन चाहीँ देशभित्रै छन्, तर संसदमा खोज्दा सांसदहरुले भेट्दैनन्, संसदीय समितिमा बोलाउँदा देउवा आफैँ जाँदैनन् ।
कुनै दर्लभ प्राणी जस्तो बनेका देउवा संसद र राष्ट्रिय महत्वका विषयबाट भाग्न थालेपछि चौतर्फी आलोचना भइरहेको छ ।संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइतबार बिहानका लागि प्रधानमन्त्री देउवालाई छलफलमा बोलाएको थियो । शुक्रबार बेलुकासम्म छलफलमा सरिक हुने सन्देश पठाएका देउवा शनिबारएकाएक बदलिए । सचिवालयमार्फत बिहानैसहभागि हुन नसक्ने खबर पठाएपछि प्रधानमन्त्रीमाथि नै केन्द्रीत रहेको छलफल औचित्यहिन जस्तै बन्यो । सांसदहरु आक्रोशित बने,समितिकि सभापतिले प्रधानमन्त्रीबाटअपमान भएको आरोप लगाइन् ।
बाइट…पवित्रा खरेल निरौला, सभापति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति
प्रधानमन्त्रीकोआसन्न अमेरिका भ्रमण, नेपालको परराष्ट्र नीति र सांसदहरुले उठाएका प्रश्नको जवाफ देउवाले दिनुपर्ने थियो । जुन यसअघिदेखि नै संसदमा माग भइरहेको छ । त्यो भन्दा नि संवेदनशील विषय अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का विषयमा प्रधानमन्त्रीको आधिकारिक धारणा माग गर्नसमितिले छलफलमा बोलाएको हो ।तर संसदीय समितिमाथि देउवाले अनिच्छा देखाएको पछि छलफलमा सहभागि सांसदहरुबीच चर्काचर्कि प¥यो । एमाले सांसद भीम रावलले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर खेदप्रस्ताव पारित गर्न माग गरे ।
प्रधानमन्त्रीको अनुपस्थिति लोकतन्त्र र संसदीय प्रणाली प्रतिकुल भएको भन्दै एमाले सांसद ईश्वर पोखरेलले निर्णयको खेस्रा तयार पारे । समिति सभापति निरौलाले त्यहीँ निर्णय मस्यौदा गर्न पठाएपछि काँग्रेस र एमाले सांसदबीच विवाद सुरु भयो । केपी ओली प्रधानमन्त्री हुँदा ३ बर्ष समितिमा उपस्थित गराउन नसक्नेले देउवालाई किन प्रश्न गर्ने भन्दै काँग्रेस सांसदहरु देउवावको बचाउमा उत्रिए । खेदजनक प्रस्ताव पारित गर्ने विषयमा नेकपा माओवादी केन्द्रका सांसदहरुदेउवाकै बचाउमा उभिएपनि छलफलमा सहभागि नभएकोप्रति आलोचना गरे ।एसपीपी जस्तो सैन्य सम्झौता अस्वीकार गर्ने निर्देशनसहित प्रधानमन्त्रीलाई पत्र लेख्न उनीहरुको माग थियो ।
आसन्न अमेरिका भ्रमणकै बेला प्रधानमन्त्री देउवाले सैन्य गठबन्धन बनाउने एसपीपी सम्झौताका विषय हस्ताक्षर गर्न थालेको विषय सार्वजनिक भएपछि राजनीतिक वृत्त तरंगित बनेको छ । सडक र सदनबाट सरकारका मन्त्रीहरुले एसपीपीबाट पछि हटेको दाबी गरेपनि प्रधानमन्त्री देउवाले यस विषयमा मुख खोलेका छैनन् ।जवाफ दिन भागिरहेका देउवा कतै एमसीसी जस्तै व्याख्यात्मक घोषणासहित सम्झौता गर्ने गृहकार्यमा त छैनन् ? समितिमा सभापतिले नै आशंका गरेकी थिइन् । अन्ततः ठूलो रस्साकस्सीपछि प्रधानमन्त्री देउवालाईबैठकमा सहभागि हुन नसक्नुको कारणबारे ध्यानाकर्षण गर्ने निर्णय सहित छलफल सकिएको थियो ।
संसदीय समितिमा सांसदहरुबीचको यो चर्काचर्की यतिकै परेको होइन । चट्टानी अडानसहित विपक्षमा रहेका दलहरुलाई साथमा लिएर देउवाले जसरी संसदबाट एमसीसी पारित गराएका थिए, एसपीपी त्यही बाटोबाट सम्झौता नहोला भन्न सकिन्न । किनकि प्रधानमन्त्री देउवाको मौनताले सबै दल र सांसदहरुलाई झस्काइरहेको छ । एसपीपी सम्झौताका विषयमा पत्र नै काटेको नेपाली सेनालाई बोलाएर समितिले शुक्रबार ४ घण्टा छलफल चलाएको थियो ।एसपीपी अस्वीकार्य भएको पत्र अमेरिकालाई पठाउन समितिले सरकारलाई निर्देशन पनि दिएको थियो । तर बाघ कराउनु र बाख्रो हराउनु जस्तै बनेको एसपीपीबारे प्रधानमन्त्रीबाटै जवाफ नआएपछि विषय थप अन्योल र पेचिलो बनेको छ ।


प्रतिक्रिया