काठमाडौँ — जनता समाजवादी पार्टी नेपाल जसपामा मन्त्री फेर्नका लागि दबाब बढेको छ । पार्टीभित्र आन्तरिक विवाद चुलिरहेका बेला अध्यक्ष यादवमाथि मन्त्रीहरुको हेरफेरका लागि दबाब बढेको हो । आन्तरिक विवादकै बीच दुई पक्षका नेताहरुले आआफ्नो पक्षमा बहुमत पुर्याउन दौडधुप गर्दै आएका छन् ।
जसपा संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराईले आफूसँग बहुमत रहेको भन्दै तीव्र दौडधुप गर्दै आएका छन् । यस्तै रक्षात्मक अवस्थामा रहेका यादवले पनि आफ्नो पक्षमा माहोल बनाउन रणनीतिक योजना बनाइरहेका छन् । उनले यो बीचमा सांसदहरुसँग एकपछि अर्को छलफल गर्दै आएका छन् ।


प्रतिक्रिया