काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय समितिको बैठकमा अनुपस्थित रहनु खेदपूर्ण भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले भने, “प्रधानमन्त्री संसद्मा किन उपस्थित हुन सक्नुभएन ? कि त बिरामी हुनुपर्यो, देशमा गम्भीर संकट आएको हुनुपर्यो या त विदेशमा ठूलो संकट हुनुपर्यो, जसले गर्दा प्रधानमन्त्री व्यस्त हुनुभयो ।”
प्रधानमन्त्री संसद्प्रति अनुत्तरदायी हुनु समितिको अपमान नभई खेदजनक रहेको भन्दै उनले समितिबाट खेद प्रस्ताव पारित गर्न आग्रह गरे । समितिले आज प्रधानमन्त्री देउवालाई छलफलका लागि बोलाएको थियो ।
रावलले अमेरिकालाई पत्र लेखेर स्टेट पाटर्नरसिप प्रोग्राम (एसपीपी) रद्द गर्नका लागि समितिले सरकारलाई निर्देशन दिनुपर्ने समेत बताए ।


प्रतिक्रिया