Breaking

स्थानीयले ट्रकबाट खोसे रासायनिक मल


काठमाडौँ — धादिङको धार्केमा स्थानीयले ट्रकबाटै रासायनिक मल खोसेका छन् ।
काठमाडौँ आउदै गरेका २ वटा ट्रक रोकेर स्थानीय किसानले रासायनिक मल लगेको विवरण प्राप्त भएको धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले उज्यालोलाई जानकारी दिनुभयो ।

घटनाको विस्तृत विवरण आइसकेको छैन । ट्रकमा रहेको मल सबै प्रक्रिया पूरा गरेर काठमाडौँ आउदै थियो या कर छलिको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी भण्डारीले बताउनुभयो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा स्थानीयले ट्रकबाट मल खोसिरहेको र सशस्त्र प्रहरीले हस्तक्षेप गरेको देखिएको छ ।