समाचार

मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु


काठमाडौँ – वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट हुम्लाको चङ्खेली गाउँपालिका–१ का २४ वर्षीय हरिबहादुर ऐडीको मृत्यु भएको हो । प्रहरी चौकी बाङ्गेसिमल सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–४ मूलपानीचोक स्थित रत्न राजमार्गमा बाङगेसिमलबाट मूलपानीचोकतर्फ जाँदै गरेको लु ६५ प १८४४ नम्बरको मोटरसाइकलले गएराति १० बजे पैदलयात्री ऐडीलाई ठक्कर दिएको हो ।

ठक्कर पछि घाइते उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। उनलाई शुक्रबार साँझ १०ः४५ बजे डाक्टरले मृत घोषणा गरे । प्रहरीले मोटरसाइकल चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ का २४ वर्षीया हिक्मत मल्ललाई नियन्त्रणमा लिएको छ ।