Breaking

नेपालमा विद्युतीय गाडी : एउटै गाडीमा ९ लाख रुपैयाँ नाफा राखी चौधरी ग्रुपको लुट धन्दा (भिडियोसहित)


काठमाडौँ – यो देशमा कसैले ब्रम्हलुट मच्चाइरहेको छ भने त्यो हो सिजि अर्थात चौधरी ग्रुप । यो कम्पनीको लुटधन्दाको नयाँ सिरिज चीनबाट सुरु भएको छ दर्शकवृन्द । नेपालमा विद्युतीय गाडी विक्री सुरु गर्ने भनेर फाइल अघि बढायो ।

सरकारले पनि हो त नी देशमा पर्याप्त विद्युत उत्पादन हुन थालिसक्यो, बरु कर छुट गरेर भए पनि नेपालमा महंगो पेट्रोलियम पदार्थबाट चल्ने गाडी विस्थापन गर्नु पर्छ भन्यो र सरकारले विद्युतीय सवारी साधन आयामतका लागि व्यापक छुटको योजना ल्यायो । तर विनोद चौधरी कार्यकारी अध्यक्ष रहेको चौधरी ग्रुपले सरकारको नरमपनमा बाँगो औला गाडेर एउटै गाडीमा झण्डै ९ लाख रुपैयाँ भन्दा बढि नाफा राखेर जनतालाई चुस्न थालेको छ ।