Breaking

तनाव कम कसरी गर्ने ?


काठमाडौँ — आजकल सबैले आफूमा धेरै महसुस गर्ने विषय नै तनाव हो । भनिन्छ, जन्मनसाथ हामीलाई तनावले घेरा हाल्छ । अर्थात यो संसारमा कोहि छैन, तनावरहित ।

आफूमा तनाव छ र त्यसलाई व्यवस्थापन गर्नुपर्छ भन्ने पनि सबैलाई थाहा छ । तर, व्यवस्थापन हुन सकेको छैन भनेर धेरैले सुनाउने गर्छन् । व्यवस्थापन के हो ? जुन कुरा आफूलाई आवश्यक छ त्यसलाई सही तरिकाले उपलब्धि हासिल हुनेगरी प्रयोग गर्नु व्यवस्थापन हो ।
तनाव सबैलाई हुन्छ । बच्चा, किशोर, युवा, वयस्क, बृद्धा सबैलाई । धनी, गरिब । दुर्गमका, सुगमका । शिक्षित, अशिक्षित ।

तनाव भनेको मानसिक दबाव हो । हाम्रो काम, करियर, भविष्य सबैले यस किसिमको दबाव पैदा गर्छ । जबसम्म हाम्रो चेतना रहन्छ, तबसम्म तनाव हुन्छ । तर, तनाव हुँदैमा त्यसले आफुलाई नष्ट गर्छ त ?

तनावले त्यसबेला मात्र हामीलाई पिरोल्छ, जब यसको सहि व्यवस्थापन गर्न सकिदैन । तनाव व्यवस्थापन गर्ने कुरा हो । यो निर्मुल हुने कुरा होइन । अर्थात हाम्रो जीवनमा तनाव नै आउन नदिने भन्ने हुँदैन । तनाव आउँछ, तर त्यसलाई सहि ढंगले व्यवस्थापन गर्नुपर्छ ।

परिवार, आफन्त, साथीभाई, समाज आदिको कारण तनाव हुनसक्छ । आफ्नै व्यक्तिगत कारणले तनाव हुन्छ । परिस्थितीको कारण तनाव हुन्छ । असफलतामा तनाव हुन्छ, सफलतामा पनि । तर, तनावलाई लिने होइन, व्यवस्थापन गर्ने हो । कसरी रु

तनाव व्यवस्थापनको सूत्र

तनाव व्यवस्थापनका लागि कुनै औषधी सेवन गर्नुपर्दैन । शल्यक्रिया पनि गराउनु पर्दैन । यो मानसिक रुपले गर्न सकिन्छ । तनाव व्यवस्थापनको लागि यो कुरा सोच्नु जरुरी छ कि, संसारमा रहेका सबै चेतनशिल प्राणीलाई तनाव हुन्छ । अर्को कुरा, तनाव आफैमा समधान होइन । त्यसैले कुनै पनि कुरामा तनाव लिइरहनुको कुनै अर्थ छैन ।

जब परिस्थितीबस तनाव पैदा हुन्छ, त्यसलाई बिर्सने यत्न गुर्नपर्छ । यसका लागि मनपर्ने गेम खेल्न सकिन्छ, मनपर्ने पुस्तक पढ्न सकिन्छ, घुमफिर गर्न सकिन्छ, मिठो मसिनो खानेकुरा खान सकिन्छ । यावत क्रिया यसकारण गर्न पर्छ कि, मन अन्तैतिर मोडियोस् । किनभने तनाव भनेको मनले लिने कुरा हो । मनलाई नै अन्त मोडेपछि कसरी तनाव हुन्छ रु

त्यसबाहेक केहि शारीरिक क्रिया छ, जसले तनाव व्यवस्थापनमा सघाउँछ ।

लामो श्वास लिने

हरेक व्यक्तिको अलग(अलग स्ट्रेस प्वाइन्ट हुन्छ । अर्थात् तनावको अवस्थामा रहेका व्यक्ति शरीरका विभिन्न हिस्सामा दुखाईको अनुभव गर्छन् । विशेषतः टाउको, पेट, छाती वा खुट्टामा ।

यस्तो भएमा लामो सास लिनुपर्छ र कल्पना गरौ कि सो अंगबाट वायूसँगै तनाव पनि शरीर छोडेर बाहिर जाँदैछ । यस कल्पनाका साथै श्वास नलीबाट गहिरो श्वास छाड्नुपर्छ ।

उदाहरणका लागि यदि स्ट्रेसले गर्दा टाउकोमा दुखाई छ भने गहिरो सास लिनुस र कल्पना गर्नुस कि तपाईंको टाउकोमा अक्सिजन पुगिरहेको छ । केही सेकेन्ड रोकिएपछि कल्पना गरौ कि टाउकोबाट वायुका साथ तनाव पनि बाहिर निस्किदै छ । धेरैपटक यस्तो गर्दा तनाव स्वतः कम हुन्छ ।

एकान्तमा बसौं

तनावग्रहस्त हुँदा हल्ला-खल्लाबाट टाढा एकान्तमा समय बिताउनु पनि प्रभावकारी हुन्छ । यो आफैंसँग संवाद गर्ने समय हो जसमा सबै समस्याहरुलाई भुलेर आफैंसँग मित्रवत व्यवहार गरिन्छ ।

आफैसँग वाचा गरौ कि, ती कुराहरुको बारेमा बिल्कुल सोच्नेछैन, जुन तनावको कारण बनेका छन् । बल्कि ती कुराहरुको बारेमा सोचिन्छ, जसले ओठमा मुस्कान ल्याउँछ ।

आफ्नो रुचीको काम

आफ्नो मनपर्ने काम र शौखले व्यक्तिलाई तनावबाट मुक्त राख्न सहयोग गर्छ । चाहे बगैंचामा टहलिने होस, पेन्टिङ होस, गार्डेनिङ होस वा म्युजिक ।

हेडफोन लगाएर म्यूजिक सुन्दै तनाव भगाउन चाहने भने बिना शब्दको इन्स्ट्रुमेन्टल ट्र्याक सुनौ । लिरिक्सबाला गित सकभर नसुनौ किनकी त्यसले मनलाई भावुक बनाउँछ । घरमा कुनै जनावर छ भने उसँग समय बिताएर मन हल्का गर्न सकिन्छ ।

विशेष टिप्स

अक्सर मानिसहरु तनावका लागि परिस्थितिलाई दोष दिन्छन् । तर सत्य के हो भने परिस्थितिलाई नियन्त्रणमा लिन सम्भव छैन । त्यसैले हरेक परिस्थितिमा मनलाई स्थिर र प्रसन्न राख्ने कोशिश गर्नुपर्छ । तनावको सामना गर्न महिलाहरु पुरुषभन्दा अगाडि हुन्छन् ।

कतिपय मानिसले तनावबाट आफू मुक्त हुनै नसक्ने मान्यता बनाएका हुन्छन् । तनावले आफूलाई जितिरहेको र आफूले तनावलाई जित्न असम्भव हुने ठान्छन् । यो विल्कुल अज्ञानता हो । तनाव हामीले नजानिँदो तरिकाले आर्जन गरेको आफ्नै आर्जन हो । मनोवैज्ञानिकहरूले तनाव दुई किसिमका हुन्छन् युस्ट्रेस (सकारात्मक तनाव) तथा डिस्ट्रेस (नकारात्मक तनाव) भनेर व्याख्या गरेका पनि छन् ।