काठमाडौँ — नेपाली क्रिकेटमा व्याटिङ परम्परागत समस्या नै भएको छ । अहिलेसम्मको इतिहास पल्टाएर हेर्ने हो भने नेपालको उत्कृष्ट व्यटिङ कमै देख्न पाइन्छ । व्याटिङकै कारण नेपालले कयौं जित्नु पर्ने खेल गुमाउन पुगेको छ । त्यसको पछिल्लो उदारहण बन्यो अमेरिकी भ्रमण । अमेरिकी भ्रमणमा रहेको नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय श्रृङखला सकाएको छ ।
आफ्नो अन्तिम खेलमा घरेलु टिम अमेरिकासँग हार व्योहोर्दै नेपालले भ्रमण सकाएको हो । नेपालले अमेरिका भ्रमणका दौरान खेलेका चार खेलमध्ये एकमा जित, एकमा बराबरी र दुईमा हारको सामना गर्नु पर्यो । पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको नेपालले अमेरिकासँगको दोस्रो खेलमा भने बराबरी गर्यो ।
तेस्रो खेलमा ओमानलाई सात विकेटले पराजित गर्दा अन्तिम खेलमा अमेरिकासँग ३९ रनको हार व्योहोर्याे । परम्परागत समस्याको रुपमा देखिदै आएको नेपालको व्याटिङ यो सिरिजमा पनि उस्तै रह्यो । सुरुवाती केही ओभरमा नै दुवै ओपनरलाई गुमाउनुका साथै कमजोर व्याटिङको पुरानै नियतीले यस पटक पनि निरन्तरता पाएको हो ।
विगतका दिनमा झै यस पटक पनि जितको नजिक आएर विपक्षीलाई नजिता सुम्पने नेपालको पुरानै नीति दोहोरियो । यो सिरिजमा नेपालले खेलेको चार खेल सबै आफ्नो पक्षमा हुँदा हुँदै पनि अनुभवी खेलाडीको अनुपस्थितिले नतीजा अन्तै मोडियो । साथै, स्पिनर बलरको पनि साथ राम्रो हुन नसकेको कप्तानको बुझाई छ ।
आगामी दिनमा नेपाललाई थप चुनौतीको सामना गर्नु पर्ने अवस्था छ । लिगको बाँकी खेलहरु नामेबिया, स्कटल्याण्ड जस्ता बलिया प्रतिद्वन्द्वसँग छ । यसले नेपालको विश्वकप यात्रा थप कठिन हुने देखिन्छ । यस सिरिजमा व्याटिङका साथै कप्तान आफै पनि बलिङमा सोचेजस्तो राम्रो प्रदर्शन गर्न नसकेको स्वीकार्छन् ।
सिरिजमा नेपालका अलराउण्डर करण केसी प्लेयर अफ द सिरिज घोषित भए । लिगमा १६ खेलमा सात जित, आठ हार र एक बारबरीबा
ट १५ अंक जोडेको नेपाल तालिकाको पाँचौ स्थानमा छ । यस्तै, २४ खेलबाट २३ अंक जोडेको अमेरिका चौथो स्थानमा छ । लिगमा सबै ३६ खेल खेलेर ४४ अंक जोडेको ओमान तालिकाको शीर्ष स्थानमा छ ।
त्यस्तै २० खेलबाट २८ अंकसहित स्कटल्याण्ड दोस्रो, २२ खेलबाट २६ अंक जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा छ । नेपाल भन्दामुनि छैटौं स्थानमा १४ खेलबाट १४ अंक जोडेको नामिबिया र २० खेलबाट २ अंक जोडेको पपुवान्युगिनी सातौं स्थानमा छ ।
प्रतिक्रिया