काठमाडौँ — प्रतिनीधि सभाको बैठकमा आज पनि अधिकांस समय अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीले नै चर्चा पाएको छ । बैठकमा प्रतिपक्षी र सत्तापक्ष आरोप प्रत्यारोपमै उत्रिएका छन् ।
सभाको बैंकठमा सुन्य समयमा बोल्दै सांसद अतहर कमाल मुसलमानले अमेरिकाको स्टेट पाटर्नरसिप कार्यक्रमलाई सूर्यप्रसादको प्रोप्रोगाण्डा नामकरण गर्न सरकारसँग माग गदै व्यग्य गरे ।
उनले हस्ताक्षर गरेको पत्र बाहिर आएकाले सांसदमा एसपीपीका विषयमा सत्तापक्षलाई चुनौती दिने सांसदले चुनौती स्वीकार गर्न आग्रह समेत गरे । सांसद अमृता थापाले प्रमुख प्रतिपक्ष दलका नेताहरुको नैतिकता हराएको आरोप लगाइन् । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा अमेरिकाको स्टेट पाटर्नरसिप प्रोग्राममा प्रधानसेनापतिले पत्राचार गरेको र ओली सरकारका रक्षा मन्त्रीले गठबन्धनको नेतालाई चुनौती दिने कुरा नैतिकताले नदिने बताइन् ।
प्रमुख प्रतिपक्षले आफँै गल्ति गरेर आफैँ निहुँ खोज्ने काम गरेको उनको तर्क छ । सांसद खगराज अधिरकारी एसपीपीको लागि सेनाले पठाएको पत्र कसको मातहतमा गएको हो छानबिन गर्न आफूहरु तयार रहेको बताए । उनले सत्तापक्षका सांसदहरुलाई छानबिनमा सहभगि हुन चुनौति दिए । सांसद अधिकारीले केपी ओलीले पठाएको पत्र भए ल्याउन चुनौती दिँदै त्यो पत्र शुसील कोइरालाकै भएको ठोकुवा गरे । त्यस्तै, फरक प्रसंगमा सांसद गजेन्द्रबहादुर महतले गत वर्ष जुम्लामा गएको बाढीले जग्गा बगाएको तर अहिलेसम्म त्यहाँका किसानले राहत नपाएको गुनासो गरे ।
त्यस्तै, सांसद गणेशकुमार पहाडीले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा करका दर हेरफेर गर्न सुब्बा र सिए भित्र राखिएको विषयमा सांसदको ठूलो दलले उठाएको विषयलाई वास्ता नगरी सांसदको कामकारबाही अगाडि बढाउनु संसदीय इतिहासमा गम्भिर भुल हुने बताए । त्यसैगरि, सांसद गोपालबहादुर बमले सभामुखले सुन्ने र सांसदहरुले भनिराख्ने काम मात्रै भएको गुनासो गरे ।
सांसद जिपछिरिङ लामाले नागरिकता विधेयक तत्काल संशोधन गरेर सबै राजनीतिक दलसँग सहमति गरेर सबै नागरिकले नागरिकता पाउने व्यवस्था गर्न सरकारसँग माग गरे ।


प्रतिक्रिया