Breaking

अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा स्टेट पार्टनरसीप प्रोगामका कागजातहरु माग


काठमाडौँ — प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी स्टेट पार्टनरसीप प्रोगामका लागि गरिएका पत्राचारका कागजातहरु मागेको छ । शुक्रबार सिंहदरबारमा बसेको परराष्ट्रमन्त्री, प्रधानसेनापति लगायतलाई डाकेर गरिएको छलफलपछि ‘एसपीपी’ बारे अध्ययनका लागि विगतदेखिको पत्राचारका कागजात मागिएको हो ।

समिति सभापति पवित्रा निरौला खरेलले सरकार तथा नेपाली सेनाबाट भएका पत्राचार समितिलाई उपलब्ध गराउन निर्देशन दिएकी हुन् । छलफलमा ईश्वर पोखरेल, भीम रावल लगायतका सांसदहरुले एसपीपीबारे संसदीय छानविन गर्न माग गरेका थिए ।