Breaking

पार्टीभित्रै बसेर बफादार नहुने नेता तथा कार्यकर्ता हुन नसक्ने ओलीको तर्क


काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रै बसेर बफादार नहुने नेता तथा कार्यकर्ता हुन नसक्ने बताएका छन् । जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै ओलीले पार्टीभित्र निष्ठा नहुने भन्ने कल्पना पनि गर्न नसकिने बताए । यतिबेला पनि पार्टीप्रति निष्ठा नहुने कल्पना पनि गर्न सकिँदैन ।

यतिबेला पनि पार्टीप्रति बफादार हुन सक्दैन भने त्यो कार्यकर्ता होइन्, उनले भने, पाटीभित्रै बसेर पार्टी र नेतृत्त्वलाई खुइल्याउने, कमजोर पार्ने काम गर्छ भने त्यो पार्टीको नेता तथा कार्यकर्ता केही पनि होइन । यतिबेला पार्टीलाई एक ढिक्का बनाएर हिँडाउनुपर्नेछ । पार्टी अनुशासित ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका ओलीले आफूले उद्देश्य परिपूर्तिका लागि काम गर्न चाहेको बताए । राजनीति देशको मुहार फेर्नका लागि गरिरहेको उनको भनाइ छ । न्यायको बिन्दुमा मानव समाजवालाई पुर्याउन चाहेको ओलीको भनाइ छ ।