Breaking

देउवाको चरित्र अरुले सहयोग गरे हात थाप्न तयार हुने खालको छ : वामदेव गौतम


काठमाडौँ — राष्ट्रिय सभाका सांसद वामदेव गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाको चरित्र अरुले सहयोग गरे हात थाप्न तयार हुने खालको रहेको बताएका छन् । आजको राष्ट्रिय सभा बैठकमा स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीका सन्दर्भमा सम्झौता गर्न तयार भएको भन्दै उनले भने, उहाँ देशको विकास हुन्छ भने के–के गर्नुपर्छ सबै गर्न तयार भइदिनुहुन्छ । कसैले सहयोग गर्छ हात थापिहाल्नुपर्छ । उहाँको चरित्र त्यस्तो हो ।

देउवाको यो चरित्रले उनी स्वयंलाई पनि धेरै नोक्सान गरेको गौतमले बताए । राष्ट्रलाई पनि नोक्सान गरेको छ । सम्भवतः कांग्रेसलाई पनि नोक्सान गरेको छ, उनले भने । गौतमले देउवा एसपीपी आउने वित्तिकै सम्झौता गर्न तयार भएको आरोप लगाए । यति महत्वपूर्ण विषय गुमराहमा राखेर सम्झौता गर्ने तयारी हुनु गलत भएको उनको भनाइ छ । गम्भीर विषयमा देउवाले आफैं आएर संसद् फेस गर्नुपर्नेमा उनले जोड दिए । एसपीपीबाट अलग हुँदा चिन्ता भएर संसद्मा नआएको उनको आशंका छ ।