Breaking

स्कुल हिँडेकी शिक्षिका बाटोमै अस्ताए


काठमाडौँ — नुवाकोटको तादी गाउँपालिका–४ स्थित घिरौंले भिरमा स्कुल हिँडेकी शिक्षिका स्कुटरसहित खोलामा खसेकी छिन् ।

सुन्दरा माध्यमिक विद्यालय सातबीसेमा अध्यापन गर्ने राधिका आचार्यको शव तादी खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोट डिएसपी रुपक खड्काले रातोपाटीलाई बताए ।

दुप्चेश्वर गाउँपालिका–६ घर भएकी शिक्षिका बा।९७ प ६९२५ नम्बरको स्कुटरमा विद्यालय जाँदै थिइन् । उनको स्कुटर पनि खोलामा फेला परेको छ ।