कठमाडौँ — यो देशमा कसैले ब्रम्हलुट मच्चाइरहेको छ भने त्यो हो सिजि अर्थात चौधरी ग्रुप । यो कम्पनीको लुटधन्दाको नयाँ सिरिज चीनबाट सुरु भएको छ ।
नेपालमा विद्युतीय गाडी विक्री सुरु गर्ने भनेर फाइल अघि बढायो । सरकारले पनि हो त नी देशमा पर्याप्त विद्युत उत्पादन हुन थालिसक्यो, बरु कर छुट गरेर भए पनि नेपालमा महंगो पेट्रोलियम पदार्थबाट चल्ने गाडी विस्थापन गर्नु पर्छ भन्यो र सरकारले विद्युतीय सवारी साधन आयामतका लागि व्यापक छुटको योजना ल्यायो । तर विनोद चौधरी कार्यकारी अध्यक्ष रहेको चौधरी ग्रुपले सरकारको नरमपनमा बाँगो औला गाडेर एउटै गाडीमा झण्डै ९ लाख रुपैयाँ भन्दा बढि नाफा राखेर जनतालाई चुस्न थालेको छ ।
यो चौधरी ग्रुपको नक्साल स्थित गाडीको स्वरुम हो । मानिसहरु हरेक दिन सयौँको संख्यामा विद्युतीय माध्यमबाट चल्ने यो लक्जरी गाडी नेटा भीको सुविधा, सजता र मुल्य सोध्न मानिसहरु पुग्ने गरेका छन् । तर सबै खर्च कटाएर नेपाल आइपुग्दा २९ लाख ३१ हजार ९ सय ४७ रुपैयाँ पर्ने यो गाडीलाई चौधरी ग्रुपले एउटै गाडीमा ८ लाख ६७ हजार रुपैयाँ भन्दा बढि नाफा राखेर उपभोक्ताको गोजि रित्तयाइरहेको छ । हरेक उपभोक्ताहरु गाडी खरिदका लागि बुझ्न जाँदा गाडीको सुविधाहरु बताएर महंगीको विषय भुलाउने गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र विनोद चौधरीको उठबस धेरै लामो समयदेखिको हो । देउवाको किचन क्याविनेटमा आर्थिक विज्ञका रुपमा यीनै चोधरी छन् । यीनै चौधरीले देउवालाई घुमाइफिराई बजेटमा समेत कर छुट गर्ने नीति परिवर्तन गराएर अहिले १५ सयवटा विद्युतीय सवारी साधनहरु नेपाल भित्रिएको छ । नक्साल स्वरुमबाट अहिले उपभोक्ताहरुलाई भट्टाभट विक्री गरिरहेको छ । १५ सय वटा गाडी बेच्दा चौधरी ग्रुपले पहिलो लटमै १ अर्व ३० करोड ५७ लाख ९ हजार कुम्ल्याउदै छ । सिधासाधी वैध, व्यवहारिक तरिकाबाट जति कमाओस त्यसमा कसैले लालच देखाउन जरुरी छैन । तर चौधरी ग्रुपले सरकारको ठाउँठाउँमा रहेका शक्तिलाई मुखमा बुझो लगाएर देखादेखि जनतालाई लुट्न थालेको छ ।


प्रतिक्रिया