समाचार

दाङमा करेन्ट लागेर एकको मृत्यु


काठमाडौँ — दाङको राप्ती गाउँपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

राप्ती–५ पहरूवाका ४५ वर्षीय मोहन चौधरीको आज बिहान करेन्ट लागेर मृत्यु भएको हो । शुक्रबार बिहान घर नजिकको धानखेतमा मोटर लगाएर सिँचाइ गर्ने क्रममा चौधरीलाई करेन्ट लागेको थियो ।

गम्भीर घाइते उनको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुरजविक्रम शाहले जानकारी दिए ।