Breaking

ह्वीस्कीको नसामा हस्ताक्षर गराउन सक्छन्, याद गरौं : माधव नेपाल


काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कुटनीतिक मामिलामा ध्यान दिएर मात्र अघि बढ्नपर्ने टिप्पणी गरेका छन् ।

कसैले ह्स्की खाएर नसामा कुनै कागजमा हस्ताक्षर गराउनसक्ने भन्दै त्यसबाट बच्न उनले आग्रह गरेका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेपालले यसबारे सजग हुन आग्रह गरेका हुन् ।

स्टेट पार्टसिप प्रोगाम (एसपीपी) को विषयमा समितिमा भएको छलफलमा भाग लिँदै उनले भने,‘यो विषयमा दबाब नै छैन भने त केही भन्नु छैन् । तर कहिलेकाँही दबाबो नीति हुन्छ । मिठो पाराले फसाउन खोजिएको हुन्छ ।’

उनले त्यसमा ख्याल गरेर अघि बढ्नपर्ने बताए । ‘कूटनीतिका धेरै पक्षहरु हुन्छन्, कहिले दबाब दिएर, कहिले फकाएर थाहै नदिइकन, निदएको बेलामा ह्विस्की खाएर नसामा कागजमा सही गरिएला,’ नेपालले भने, ‘त्यसकारण ख्याल गर्नुहोला । कुनैपनि कुरामा नफसी, संस्थागत कुरामा ध्यान दिएर राष्ट्रिय हितमा लाग्नुपर्छ ।’

नेपालले आफ्नो दल एकीकृत समाजवादी राष्ट्रियतको हित र सुरक्षा संवेदनशीलताको हिसाबमा दृढतापूर्वक उभिन्ने दाबी गरेका छन् ।