Breaking

१४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा वडा सदस्य पक्राउ


काठमाडौँ – रोल्पाको त्रिवेणी गाउँपालिकाका एक जनप्रतिनिधि किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

त्रिवेणी गाउँपालिका ६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । केसी ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा त्रिवेणी गाउँपालिका वडा नम्बर ६ को वडा सदस्यमा निर्वाचित भएका थिए । केसी नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका हुन् ।

रोल्पाका प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेका अनुसार गएको जेठ ३० गते रोल्पाकै माडी गाउँपालिका १ घर भएकी कक्षा ९ मा अध्ययनरत १४ वर्षीया किशोरीलाई उनले घरमै गएर जबजस्ती करणी गरेको आरोप छ । अभिभावकले किशोरीमाथि बलात्कार भएको उजुरी दिएपछि वडा सदस्य केसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अदालतबाट सात दिनको म्याद थप गरेर केसीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।