समाचार

बाढीले बगाउँदा कालीकोटमा एक जनाको मृत्यु


काठमाडौँ — कालीकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । खाँडाचक्र नगरपालिका- २ मा बाढीले बगाउँदा स्थानीय ४४ वर्षीय खड्के विकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार बुधबार खोला तर्ने क्रममा उनलाई बाढीले बगाएको हो । बगाएको ठाउँ भन्दा केही तल उनको शव फेला परेको स्थानीयले बताएका छन् ।