समाचार

आँबुखैरेनीमा पुलबाट टिपर खस्दा चालकको मृत्यु


काठमाडौँ – तनहुँको आँबुखैरेनीमा पुलबाट टिपर खोलामा खस्दा चालकको मृत्यु भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका ४ रुपाखोलाको पुलबाट ग १ क ४४६९ नम्बरको टिपर आज बिहान पुरको बार भत्काउँदै खोलामा खसेको हो ।

दुर्घटनामा टिपर चालक तनहुँको म्याग्दे गाउँपालिका ६ का ४७ वर्षीय रामबहादुर दमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

टिपर मुग्लिनबाट आँबुखैरेनीतर्फ गइरहेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि चितवनस्थित मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

तीव्र गतिका कारण चालकले नियन्त्रण गुमाउँदा टिपर दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।