काठमाडौँ — मधेश प्रदेशमा मधेश केन्द्रित दल विशेष गरेर जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आफ्नो पहिचान बनाएका थिए। सरकारमा सहभागी हुने लगायत अन्य राजनीतिक मुद्दामा पनि यी दुई पार्टीलाई लिने गरिएको थियो ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनले सीके राउत नेतृत्वको जनमत पार्टीलाई अर्को शक्तिका रूपमा उभ्याएको छ ।
मधेशका आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा देखिएका बेथितिलाई उजागर गर्दै आएको जनमत पार्टीले स्थानीय चुनावमा पनि तिनै मुद्दा बोकेको थियो । यो पार्टीले पहिलो पटकमै धेरै स्थानीय तहमा सफलता हासिल गरेको छ । केही स्थानीय तहमा जितेको छ भने केहीमा अग्रस्थानमा छ । अधिकांश स्थानमा प्रतिस्पर्धीका रूपमा रहेको छ । यिनै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग योहो टेलिभिजनको कार्यक्रम सत्य संवादमा गरिएको कुराकानी :


प्रतिक्रिया