Breaking

राजीनामाबाट जोगिए अर्थमन्त्री शर्मा, एमालेले बोली फेर्यो, देउवा र प्रचण्डले काखी च्यापे


काठमाडौँ — रातारात मन्त्रालयमा अमुक व्यक्तिलाई प्रवेश दिएर करका दर परिवर्तन गर्न लगाएको भन्दै गम्भीर विवादमा तानिएका अर्थमन्त्री यसपटक पनि राजीनामा दिनबाट जोगिएका छन । यसअघि पनि उनी राष्ट्र वैंकका गभर्नरको प्रकरणले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने दवावबाट जोगिएका थिए । प्रमुख प्रतिपक्षीको अलमल र फेरिएको परिस्थितीले उनीमाथिको यो पटकको दवाव पनि ढिसमिस हुने अवस्थामा पुगेको छ ।

बजेटको गोपनियता भंगका गरेको खबर बाहिरएपछि अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिए । बजेट निर्माणको अन्तिम दिन अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई राजस्वका दर हेरफेर गरेको खुलासा भएपछि अर्थमन्त्री शर्माको चौतर्फी आलोचना भयो । यसअघि पनि राष्ट्र बैंकले रोकेर राखेको रकम फुक्का गर्न दवाव दिने, राष्ट्र बैकका गभर्नरलाई कारबाही गर्ने जस्ता कार्यले मन्त्री शर्मा विवादमा फसेका थिए ।

संकटग्रस्त अर्थतन्त्र सुधार गर्न नसकेको भन्दै आलोचना खेपेका शर्माको यहि शृंखलाबद्ध विवादास्पद कामका कारण पदबाट हटाउनुपर्ने दवाव बढेको छ । यस विषयमा सदनमा समेत कुरा उठेको भएपनि सदनमा फेरिएको एमालेको वोली र प्रधानमन्त्री शेरबहादुर देउवाले चासो नदेखाँउदा उनी यस पटक पनि जोगिएका छन । हिजो संसदमा प्रतिपक्षी दल एमालेले लगातार अथमन्त्रीको जवाफ माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले समय उपलब्ध गराएका थिए ।

सोही अवसरमा अर्थमन्त्री शर्माले आफूमाथि लागेको आरोप झुट्टा र कपोकल्पित भएको दाबी गरे भने शर्मा बोले लगत्तै एमाले सांसद विशाल भट्टराईले अर्थमन्त्रीमाथि लागेको आरोपको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरे । नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भएपनि त्यो हुन नसकेकोले संसदीय छानविन समिति गठन हुनुपर्ने माग राखेका थिए । प्रमुख सचेतक भट्टराईले बोलेपछि एमालेका सांसदहरुले विरोध जारी राखेकाले संसद बैठक नै अवरुद्ध बन्यो ।

तर आफ्नो माग बारे प्रष्ट नै नभई एमालले आज संसदमा सन्चालन गर्न दियो । हिजोसम्म निकै आक्रमक रुपमा प्रस्तुत भएकोले यसलाई राष्ट्रिय स्वाधीनताको विषयसंग जोड्यो । नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) जस्तो विषयमा कुरा उठाउन संसद अवरोध नगरेको एमाले नेताहरुको तर्क छ ।

विगतमा संसद अवरोधमा राखेको रेकर्ड चटक्कै भूल्दै आफू जनजीविनकाको सवालमा संवेदनशील रहेको र त्यसैका लागि संसद अवरोध गर्ने पक्षमा नभएको उनीहरुले दावी गरे । यतिमात्र नभई कुरा फेरेर आफूले संसदीय छानविन नभई राजिनामा मागेको समेत भन्न भ्याए । अर्थमन्त्रीमाथि लागेको आरोप राष्ट्रघात भएको बताउने एमालेको यो अलमलले अर्थमन्त्री शर्मालाई भने फाँईदा पुगेको छ ।

एकातर्फ एसपीपीले प्रसङ नैबदलिनु तथा प्रतिपक्षी दलका सांसदहरुमै अलमल हुनु उनका लागि यो पटक संकटमोचनका रुपमा देखा परेको छ । जसमा आफ्नो पार्टीको दह्रो साथ र प्रधानमन्त्री शेरबहादुर देउवाको मौनताले शर्मा राजीनामाबाट बचेका छन् ।