Breaking

अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी हामीलाई स्वीकार्य छैन: शर्मा


काठमाडौँ — नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी स्वीकार्य नहुने बताएका छन् । बुधबार अपरान्ह ट्वीट गर्दै महामन्त्री शर्माले काँग्रेस र काँग्रेस नेतृत्वको सरकारलाई एसपीपी स्वीकार्य नुहने बताए ।

उनले भने, ‘अमेरिकालाई प्रष्ट भन्नुपर्छ – नो थ्याङस् एसपीपी हामीलाई स्वीकार्य छैन । काँग्रेसको धारणा यही बन्नेछ र काँग्रेस नेतृत्वको सरकारले यही धारणा प्रतिनिधित्व गर्नेछ ।’ समुन्नतिमा सबैको साथ स्वीकार्य हुने भन्दै सामरिक सहकार्यको रणनीतिक प्रस्ताव सदैव अस्वीकार्य हुने बताए ।