काठमाडौँ — जाजरकोट जिल्लालाई मौरी उत्पादनको हबका रूपमा विकास गरिने छ । त्यसका लागि आवश्यक बजेटको व्यवस्थापन गरिने कर्णालीका अर्थमन्त्री विन्दमान विष्टले जानकारी गराएका हुन् । उनका अनुसार प्रदेश रङ्गशाला निर्माणका लागि कर्णाली प्रदेश सरकारद्वारा ६० करोड बजेट विनियोजन गरेको छ भने विद्युत्को राष्ट्रिय प्रशारण लाइन नपुगेका ठाउँमा वैकल्पिक ऊर्जा मार्फत विद्युतीकरण गर्न कर्णाली उज्यालो कार्यक्रम अन्तर्गत १० करोड बजेटको व्यवस्थापन गरिएको छ। विष्टका अनुसार प्रदेश राजधानी वीरेन्द्रनगरमा कर्णाली बसपार्क निर्माण गरिने छ ।
Breaking


प्रतिक्रिया