Breaking

देशलाई आघात पुग्ने सम्झौता मान्दिनँ: देउवा


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिविना कुनै पनि सम्झौता नहुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा आज बुधवार सत्ता गठबन्धन दलका शीर्ष नेताबीच भएको छलफलमा देशलाई आघात पुग्ने कुनै पनि सम्झौतामा कुनै देशले चासो राखे वा दबाब दिए पनि आफूले नमान्ने स्पष्ट पारेका छन् ।

शीर्ष नेताबीचको छलफलबारे जानकारी दिँदै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सहमति नभइ प्रधानमन्त्री देउवाले कुनै पनि सम्झौता गर्न नहुने जानकारी दिए । संयुक्त राज्य अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) बारे सार्वजनिक बहस चलिरहेका बेला प्रधानमन्त्री देउवाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।