देश

१६ किलो गाँजासहित ३ जना पक्राउ


काठमाडौँ — प्रहरीले १६ किलो गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा उप(महानगरपालिका-११ बस्‍ने ४० वर्षीय किताब सिंह गोले, राक्सीराङ गाउँपालिका-१ बस्‍ने ३२ वर्षीय विक्रम कुमार गोले र सोही नगरपालिका बस्‍ने ३४ वर्षीय कुमार घ्यावा रहेका छन् ।

ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले स्थित पुर्व(पश्चिम लोकमार्ग सडक खण्डमा मनहरीबाट हेटौडा तर्फ आउदै गरेको ना १ ज १६५६ नं।को यात्रुबाहक माईक्रो बस चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।